Template:Appeal/Brandon/ne: Difference between revisions

From Donate
Jump to navigation Jump to search
imported>RajeshPandey
Adding some minor spelling mistakes, added conjunctions and typos for unconnected sentences. Its really hard to translate preserving the original saying. Its rather easy to write in English or rewrite in Nepali. The translated text always looks so.
Jsoby (talk | contribs)
m 1 revision: importing ready appeals
(No difference)

Revision as of 17:46, 28 December 2011

मलाई लाग्छ जस्तो कि म आफ्नो मृत्युलेखको पहिलो पंक्ति लेखिरहेछु।

मलाई लाग्दैन कि जो केही पनि म आफ्नो जीवनमा गर्छु त्यो विकिपीडियाभन्दा धेरै महत्वपूर्ण छ। हामी केवल एउटा विश्वकोशको मात्र निर्माण गरिरहेका छैनौं, हामी मानिसहरुलाई मुक्त बनाउनको लागि काम गर्दैछौं। सित्तैको ज्ञानसम्मको पहुँचले हामीलाई अझ राम्रो मानिस बनाउँछ। हामी जान्दछौं कि संसार हामीभन्दा ठूलो छ, र हामी सहिष्णुता र समझबाट प्रभावित हुन्छौं।

विकिपीडिया संसारको ५ औं सबैभन्दा अधिक हेरिने वेबसाइट हो। म यसलाई संचालित गर्ने "गैर लाभ" संस्थामा काम गर्दछु। हामी विज्ञापन चलाउँदैनौं किनभनें यस्तो गर्नको लागि हामी आफ्नो स्वतंत्रताको बलिदान गर्नुपर्ने हुन्छ। यो साइट कुनै प्रचार उपकरण होइन र न त कहिले बन्ने नै छ।

हाम्रो काम हाम्रा पाठकहरुको दानबाट चल्दछ। के तपाईं, $५, € १०, ¥ १००० वा जो पनि हुन सक्छ, दान गरेर विकिपीडियाको रक्षामा मदद गर्नुहुन्छ?

म विकिमीडिया फाउण्डेशनमा काम गर्दछु, किनभनें मेरो आत्मा म संग भन्दछ कि यो नै सही कार्य हो। मैले धेरै ठूला प्राविधिक कम्पनीहरुमा काम गरेकोछु, जहाँ यस्ता फाल्तुको चीजहरु जो बच्चाहरुका पैसा चोरी गर्नका लागि बनाइन्छन्। म कामबाट घर धेरै उदास भएर आउने गर्थें।

तपाईंलाई शायद यो थाहा छैन, तर विकिमीडिया फाउण्डेशन धेरै कम कर्मचारीहरु द्वारा चलिरहेको छ। अधिकांश अन्य ठूला साइट्हरुमा हजारौं मानिसहरु र भारी बजेट हुन्छ। तर हाम्रो उत्पादनको तुलनामा तिनीहरुको उत्पादन केवल फाउण्डेशनको एउटा अंशको समान छ।

जब तपाईं विकिपीडियालाई दान दिनुहुन्छ, त तपाईं दुनिया भरमा मुफ्त ज्ञानको समर्थन गर्नुहुन्छ। तपाईं न केवल आफ्नो आउने पीडिहरुको लागि एउटा विरासत छोडनु हुँदैछ, तर तपाईं संसार भरका मानिसहरुका उत्थानमा पनि मदत गर्नुहुँदैछ जसको यस खजानासम्म पहुँच छ। र तपाईं यो पनि निश्चित गर्नु हुँदैछ कि यसको पहुँच एक दिन सबैसम्म हुनेछ।

धन्यवाद,

ब्रैंडन हैरिस
प्रोग्रामर, विकिमीडिया फाउंडेशन