Template:Appeal/JimmyLetterA-2010/ne: Difference between revisions

From Donate
Jump to navigation Jump to search
m 1 revision: WMFJA1 donate pages
m Pcoombe moved page Template:2010/JimmyLetterA/ne to Template:Appeal/JimmyLetterA-2010/ne: new location for appeals
 
(No difference)

Latest revision as of 21:17, 26 February 2019

नमस्कार, दश सालअघि जब मैले मानिसहरुसित विकिपीडियाको बारेमा भन्न शुरु गरें त्यसबेला मैले धेरै नैं हास्यप्रद एवं अनौठो दृष्टिकोण पाएँ।

यसो भन्दा ठिक होला कि केहि व्यापारिक हस्तिहरुलाई यस कुराको संशय थियो कि संसारका कुना-कुनाबाट स्वयंसेवकहरुले सागररुपी ज्ञानको भंडारगृह बनाउन सक्छन् त्यो पनि सरलतासित बाँड्नलाई।

न विज्ञापन, न मुनाफा, न कुनै एजंडा।

आज यसको स्थापनाको दस सालपछि, अड़तीस करोड़भन्दा अधिक मानिसहरु वा लगभग एक तिहाई इन्टरनेटसित जोडिने संसारले प्रति महिना विकिपीडियाको उपयोग गर्दछ। यो संसारको पाँचौं सबभन्दा लोकप्रिय वेबसाइट हो अन्य चार अरबौं डलरको निवेश, विशाल करपोरेट कर्मचारी र निरन्तर व्यापारको परिणाम स्वरुप बनिएकाछन्।

तर, विकिपीडिया एक वाणिज्यिक वेबसाइट जस्तो होइन, यो एक समुदायद्वारा बनाइएको एवं धेरै स्वयंसेवकहरुद्वारा एक एक गरेर लेखिएको हो। तपाईं हाम्रो समुदायको एउटा हिस्सा हुनुहुन्छ र आज म तपाईंलाई यो संदेश विकिपीडियाको संरक्षण र यसको अस्तित्त्वलाई बनाई राख्नकोलागि लेख्दैछु।

जसले गर्दा हामी सबै एक साथ मिलेर यस ज्ञानकोषलाई निःशुल्क एवं विज्ञापन मुक्त राख्न सकौं, यसलाई मुक्त राख्न सकौं जसले गर्दा तपाईंले निःसंकोच हर तरहले यस ज्ञानकोषको प्रयोग गर्न सक्नुहुनेछ, यसलाई निरंतर बढाउन सक्नुहुनेछ अनि जसले पनि यसमा आफ्नो योगदान दिएर यस ज्ञानकोषको प्रकाशलाई धेरै टाडासम्म फैल्याउनसक्नेछ।

हाम्रो यस संयुक्त उद्यमको जगेडा गर्न प्रति वर्ष यसै समयमा हामी तपाईं र तपाईं जस्तै अरु धेरै मानिसहरुलाई विकिपीडिया समुदायमा $ २०, $ ३५, $ ५० वा अधिक राशिको एउटा साधारण दान दिनकोलागि आफ्नो सन्देश दिइरहेछौं। यदि तपाईं विकिपीडियालाई ज्ञान र प्रेरणाको स्रोत मान्नुहुन्छ भनें - म आशा गर्दछु कि तपाईंले यस कुरालाई समर्थन गर्नुहुनेछ।

यसका साथै सबैलाई शुभकामना

जिमी वेल्स

संस्थापक, विकिपीडिया

अनुलेख - विकिपीडिया हामी जस्तै धेरै मानिसहरुको शक्तिको बारेमा असाधारण कार्य गर्नकालागि हो। हामी जस्तै अरु मानिसहरु विकिपीडिया लेख्छन्, एउटा शब्द एक पल्ट। हामी जस्तै मानिसहरु यसको समर्थन गर्दछन्, एउटा दान एक पल्ट। यो संसारलाई परिवर्तन गर्ने हाम्रो सामूहिक क्षमताको सबूत हो।